images
images

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो भिडन्त जनकपुर र काठमाडौंबीच 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार यो पटक डे नाइट खेल हुने भएको छ । पहिलो खेल बिहान ११ बजे हुँदा दोस्रो खेल बेलुका ४ बजे हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाले खेल्नेछन् ।