images

दलित बालबालिका लक्षित नेपाल छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै

सर्लाही– दलित समुदायका बालबालिका लक्षित नेपाल छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ सर्लाहीद्वारा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमबाट दलित समुदायका विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्थामा सुधार हुँदै गएको सरोकारवाला निकायले दाबी गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका वडा न.५ भाँडसर,गोडैता नगरपालिका,बरहथवा नगरपालिकाका साथै कबिलासी नगरपालिका वडा नम्बर ६ पिपरियामा सञ्चालित छात्रवृत्ति कार्यक्रमले दलितका विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार भएको जनाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका शैक्षिक सरोकारवालाका साथै पत्रकारहरूको टोलीले संयुक्त अनुगमनमा क्रममा उनीहरूको शैक्षिक स्तरमा सुधार देखिएको निष्कर्ष निकालेका हुन् ।

जिल्लाको मलंगवा ,लालबन्दी , कबिलासी,बरहथवा नगरपालिका तथा ब्रम्हपुरी,र कौडेना गाउँपालिकामा सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले छनौटमा परेका ५२ जना छात्र र ६८ जना छात्रा गरी जम्मा १२० जना दलित विद्यार्थीहरूको लाभान्वित बन्दै आएका छन् ।

त्यसै गरी आधारभूत तह अन्तर्गत विशेष लक्षित वर्गका ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार , स्नातक तहकालाई २१ सय र स्नातकोत्तर तहकालाई २६ सयको दरले प्रति विद्यार्थी छात्रवृत्ति वितरण गर्दै आएको र उक्त रकम प्रत्येक त्रैमासिक रूपमा उनीहरूको बैङ्क खाता मार्फत उपलब्ध गराउँदै आएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले जानकारी दिए ।

छात्रवृत्ति सेवाबाटै स्नातक गरेका ३ जना विद्यार्थीहरूले लोकसेवामा नाम निकाल्न सफल भएका २ जना प्राविधिक तहका ४ जना र मास्टर डिग्री गरेका एक जना दलित विद्यार्थीलाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष राजेश पासवानले जनाए ।