images

नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरू अवैध रुपमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक

काठमाडौं– नेपालमा करिव ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा उक्त कुरा उल्लेख गरिएको हो । सर्वेक्षणमा करिव ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले जानकारी दिईन् ।

मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा तलब, ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलब, ज्याला र सुविधा लिई काम गर्नेहरु भन्दा बढिरहेको पनि दाबी गरिएको छ ।