images
images

न्युजिल्याण्डका जिम्मी निशमले पोखराबाट एनीपीएल खेल्ने, पहिलो सिजनभन्दा राम्रो गर्ने लक्ष्य

काठमाडौं । न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले सामाजिक सामाजिक सञ्जालमार्फत् जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको छ ।

जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले पहिलो संस्करणमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनी आबद्ध टोली जनकपुरले उपाधिसमेत जितेको थियो । आईसीसीको नियमका कारण जनकपुरले यो संस्करणमा भित्र्याउन नपाएकाले पोखराले उनलाई अनुबन्ध गरेको हो ।

आईसीसीले पहिलो जस्तै दोस्रो संस्करणमा पनि टेस्ट राष्ट्रबाट चार जना सक्रिय खेलाडीहरू मात्रै ल्याउन सकिने व्यवस्था गरेको छ । जिम्मी अहिले न्यूजिल्यान्डबाट टी–२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडीमा पर्छन् । एनपीलमा रहेका आठ वटा फ्रेन्चाइजी टोलीमध्ये चार वटा टोलीले मात्र सक्रिय खेलाडी खेलाउन पाउनेछन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा नपरेका कारण जनकपुरले जिम्मीलाई चाहेर पनि भित्राउन नसकेको हो ।

पहिलो संस्करण राम्रो टिम बनाएपनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ । पोखराले एनपीएल अघि क्रिकेट र संगितलाई जोड्न पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट समेत आयोजना गरेको थियो । यसले एनपीएलको महँगो टोली पोखराको चर्चा अझ बढाएको छ । पोखरा आईपीएलको अनुभव भएको प्रशिक्षकहरुलाई पहिलो सिजन अनुबन्ध गरेको थियो । पोखराले फिल्डिङका बादशाह जोन्टी रोड्सलाई मेन्टर बनाएको थियो । उनी नेपाल आएर पोखरा समेत पुगे अनि काठमाडौंमा भएको जर्सी लन्चमा सहभागि भएर फर्किएका थिए ।

यस्तै चेन्नई सुपर किङ्सको सहायक तथा फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पहिलो सिजन पारिवारिक कारणले राजिव बीचमा भारत फर्कनु परेको थियो । दोस्रो संस्करण पनि राजीव कुमारलाई नै निरन्तरता दिएको जनाएको छ । उनले घरेलु प्रशिक्षक रिजन प्रजुले साथ दिनेछन् ।

पोखरामा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् । भुर्तेलसहित पोखराले पहिलो सिजनबाट ७ खेलाडी रिटेन गरेको छ । भुर्तेलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खची, किरण ठगुन्ना र तृत राज दासलाई पोखराले दोस्रो सिजनका लागि रिटेन गरेको हो ।

यस्तै अक्सनमा पोखराले स्थानिय खेलाडी प्राथमिकता दिएको छ । पोखराले युवा ब्याटर अर्जुन कुमालसहित सन्दिप क्षेत्री कृष्ण पौडेललाई अभिषेक तिवारीलाई अक्सनबाट अनुबन्ध गरेको छ । राष्ट्रिय टिमका खेलाडी बाहेक पोखराको टोली एनपीएलअघि तयारीका लागि भारत गएको छ । मुख्य प्रशिक्षक राजिव कुमार पनि उतै टिमसँग जोडिएका छन् ।