images
images

१० लाख लाइसेन्सको ठेक्का प्रकृया अगाडि बढाउदै यातायात विभाग

काठमाडौं।

यातायात व्यवस्था विभागले साउन अगावै १० लाख स्मार्ट कार्ड (लाइसेन्स)को लागि ठेक्का प्रकृया अगाडि बढाउने भएको छ।

आगामी वर्ष स्मार्ट कार्डको अभाव हुन नदिन अहिले नै ठेक्का गर्नुपर्ने भएकोले यो आर्थिक वर्ष भित्रै ठेक्का गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।

ठेक्का प्रक्रियाको लागि विभागले तयारी सुरु गरिसकेको उनले बताए। ‘अघिल्लो पटक ठेक्का प्रक्रिया सुरु गर्न ढिलो भएकाले कार्डको अभाव भएको थियो, अब त्यसो हुन नदिन समयमै ठेक्का प्रकृयाको तयारी गरेका हौँ’ अर्यालले सेतोपाटीसँग भने।

त्यस्तै यातायात व्यवस्था विभागको अघिल्लो ठेक्काको ४ वटा कार्ड प्रिन्टर मेसिन आइपुगेको छ। यी ४ मेसिन सँगै अब विभागमा ९ वटा मेसिनले दैनिक करिव ३ हजार ६ सय कार्ड छाप्नेछ।

दोहोरो सिफ्ट गरेर भए पनि करिव ३ महिनामा लाइसेन्सको समस्या सुल्झाउने प्रवक्ता अर्यालले दावी गरे। मद्रास प्रिन्टसँग भएको अघिल्लो ठेक्कामध्य ४ लाख कार्ड मात्र अइपुगेको छ। बाँकी साढे ३ लाख कार्ड २ हप्ता भित्र आइपुग्ने विभागले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS