ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२२ दिन अघि वेपत्ता महानगरका बरिष्ठ अधिकृत मृत भेटिए

२२ दिन अघि वेपत्ता महानगरका बरिष्ठ अधिकृत मृत भेटिए

स्पेस संवाददाता

पाेखरा, २९ असार । पोखरा महानगरपालिकाका एक वरिष्ठ अधिकृत मृत भेटिएका छन् । असार ९ गतेदेखि बेपत्ता भएका महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलकाे शव शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको हाे।

उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई आफन्तले पहिचान गरेपछि प्रहरीले मुचुल्का उठाउन थालेको छ। मुचुल्का गरेपछि उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने छ।

असार ९ गते शनिबार बिहान करिब ५ बजेतिर घरबाट निस्किएका उनी बेपत्ता थिए। उनी बेपत्ता भएको खबर पाउने बित्तिकै कास्की प्रहरीसहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको थियो। घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै उनी निस्किएका थिए ।