काठमाडौँ, ६ असोज । ‘पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्णयको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन गरेका छन्। विदेश भ्रमणको क्रममा अमेरिकाको मिनेसोटा राज्यमा रहेका भट्टराईले उतैबाट ट्वीट गर्दै मन्त्री बास्कोटाले चालेको कदमको समर्थन गरेका हुन्।
‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र आवश्यक कदम हो’ भट्टराईले भनेका छन्, ‘सरकारले दरो खुट्टा टेकोस्।’ ‘पोर्न साइट’ मा निर्वाध पहुँचका कारण बलात्कार, हत्या जस्ता अपराध बृद्धि भएको निष्कर्ष निकाल्दै मन्त्री बास्कोटाले शुक्रबार ‘पोर्न साइट’ माथि पूर्ण प्रतिबन्धको निर्देशन दिएका थिए।
खासगरी कञ्चनपुरमा बिहीबार १० बर्षे बालकले ७ बर्षीया बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि मन्त्रालय गम्भीर बनेको थियो। त्यसपछि मन्त्री बास्कोटाले ‘पोर्न साइट’ पूर्ण रुपमा बन्द गराउने व्यवस्था मिलाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        






