images
images

‘भन्दिनु है बा !’ सार्वजनिक

काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति उप्रेती, नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटा, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, साहित्यकार दामोदर पुडासैनी, गीता मैनाली उपाध्यक्ष गिरीलगायतले आआफ्नो मन्तव्य राखेका थिए।

अनेसास न्युयोर्क च्याप्टरले प्रकासन गरेको “भन्दिनु है बा !” कविता सङ्ग्रहबाट केही कविताहरु वाचन पनि गरिएको थियो । साथै सो लोकार्पण समारोहमा गायिका कमला रिसाल वि. के. ले गीत गाएकी थिइन् भने साहित्यकार सुमन बर्षाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

सोही समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, प्राज्ञ दिनेशराज पन्त र डा. उषा ठाकुरलाई अनेसासको तर्फबाट बधाई ज्ञापनसमेत गरिएको थियो ।

समारोहमा साहित्यकारहरु ललिता दोषी, सविता गौतम दाहाल, उषा तिवारीलगायतलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कवि शकुन ज्ञवालीले कविता, मुक्तक, गीत र गजल लेख्छिन । उनका पालुवा र मन्जरी, तिमी र म जस्ता कविताका कृतिहरु यसअघि नै प्रकाशित भएका छन भने दर्जनौं गीति एलबमहरु पनि निस्किएका छन । उनी अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष समेत हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS