ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

१४८ यात्रु बोकेको विमान अपहरण गर्न खोज्ने युवक यसरी मारिए, चालकको चलाखीले अपहरणबाट बच्यो विमान

१४८ यात्रु बोकेको विमान अपहरण गर्न खोज्ने युवक यसरी मारिए, चालकको चलाखीले अपहरणबाट बच्यो विमान

स्पेस संवाददाता

काठमाडौं । चालक दलका सदस्यको चलाखीले एक यात्रुको विमान अपहरण गर्ने प्रयास असफल भएको छ । विमान बंगलादेश एयरलाइन्सको विमान अपहरण गर्न खोज्ने एक युवक नै सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।

१४८ जना यात्रुसहित उडेको विमानमा एक जना युवक ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए ।

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फ्लाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक सुरक्षा कार्वाहीमा मारिएका हुन् ।

ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदसँग कुरा गर्न पाउनु पर्ने माग गरेका थिए । विमानका चालकले चलाखीपूर्ण रुपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएर विमानको आपतकालीन अवतरण गराएका थिए ।

त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो । सुरक्षाकर्मीले तत्काल विमान नियन्त्रणमा लिएपछिविमानभित्रै रहेका अपहरणकारीलाई आत्मसमर्पण गर्न भनिएकोमा नमानेपछि उनलाई गोली प्रहार गरिएको थियो ।

उक्त २५ वर्षीय बंगलादेशी युवकले किन विमान अपहरणको प्रयास गरे भन्ने चाहिँ स्पष्ट भएको छैन ।