ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२३औं पटक सगरमाथा चुचुरो चढेर कामीरिताले तोडे विश्व रेकर्ड

२३औं पटक सगरमाथा चुचुरो चढेर कामीरिताले तोडे विश्व रेकर्ड

स्पेस संवाददाता

काठमाडाैं । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी चढेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले अाफ्नै रेकर्ड ताेडेका छन् ।

शेर्पाले याे सिजनमा २३ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा चुचुराेमा पाइला टेकेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए।

४९ वर्षीय शेर्पाले यसअघि २२ अाै पटक सगरमाथा शिखर चढेकाे विश्वरेकर्ड गराएका थिए । उनले आफूले कायम गरेको उक्त विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन्। बुधवार कामीरिता शेर्पासँगै अर्का ओङ्दी शेर्पाले पनि सेभेन समिट्स ट्रेक्समार्फत सगरमाथाकाे सफल आरोहण गरेका छन्।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए।

यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन्।