images
images

५ घण्टा नबित्दै बढेको यातायात भाडा फिर्ता


काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नबित्दै सो निर्णय फिर्ता लिएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि साँझ फिर्ता लिने निर्णय लिएको हो ।

विभागले दिउसो यातायातको भाडा बढाएर देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, ५ घन्टा नबित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ ।

विभागले साँझ प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यस विभागबाट विभिन्न मितिमा निर्णय भएका देहाय अनुसारका कार्य तथा सूचनाहरुका सम्बन्धमा थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नु पर्ने आवश्यकता महशुस भएकोले अर्को सूचना प्रकाशित नभइञ्जेलसम्म कार्यान्वयन नहुने व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध गर्दै यसबाट पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ ।’

विभागले असार १ देखि लागू हुने गरी काठमाडौं उपत्यकाको रिङरोड भीत्र तथा भक्तपुर र किर्तिपुर नगरपालिकाको भित्री शहरी क्षेत्रमा सबै प्रकारका मालबाहक ढुवानीका साधनलाई प्रवेश तथा सञ्चालनमा रोक लगाउने, काठमाण्डौ उपत्यकामा रात्रीकालीन सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन हुने र सार्वजनिक यात्रु तथा मालवाहक सवारी साधनको नयाँ भाडादर कायम गरिएको सम्बन्धी सूचना जारी गरेको थियो ।

बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि विभागले तत्कालै निर्ण फिर्ता लिएको जनाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS