ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

१४ वर्षका चर्चित बाल कलाकारको दुर्घटनामा परी मृत्यु

१४ वर्षका चर्चित बाल कलाकारको दुर्घटनामा परी मृत्यु

स्पेस संवाददाता

काठमाडाैं । एक चर्चित बाल कलाकारको सडक दुर्घटनामा मृत्यु भएको छ । भारतमा १४ वर्षका शिवलेख सिंहको सडक दुर्घटनामा मृत्यु भएको हो । छत्तीसगढको रायपुरमा उनको कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

कारमा शिवलेखका आमा बुवा र अर्का एक व्यक्ति पनि थिए । उनीहरु सबै गम्भीर घाइते रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

शिवलेखले थुप्रै हिन्दी टेलिभिजन कार्यक्रमहरुमा अभिनय गरेका छन् ।