ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२२ जना व्यक्तिको मानव खप्पर बोकेर ल्याउदै गरेका एक पक्राउ

२२ जना व्यक्तिको मानव खप्पर बोकेर ल्याउदै गरेका एक पक्राउ

स्पेस संवाददाता

झापा, २१ भदौ । बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । पक्राउ परेका तामाङलाई इप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।