ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

स्पेस संवाददाता

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो ।

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राती ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आए पनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन ।