ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

११ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

११ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

स्पेस संवाददाता

काठमाडौं १ असोज। संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारी पदपूर्ति गरिने भएको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ । त्यसैगरी संघअन्तर्गतका निकायहरूमा रिक्त विभिन्न पद तथा सेवा समूहको समेत आयोगले विज्ञापन गर्नेछ ।