images
images

‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्ष भन्छ–पार्टी फुटाएर गए भैगो नि!

काठमाडौं, १ मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको दुई समुहको विवाद उत्कर्षमा पुगेको छ । महाधिबेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद भात्रृ संगठनको भागबन्डासम्म पुगेको छ । सभापति शेरबहादुर देउवा समुहलाई अप्ठेरो पार्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भात्रृ संगठनमा भागबन्डा खोजेको कांग्रेस नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल वा नेपाल बिद्यार्थी संघ मध्ये एक आफ्नो पक्षलाई दिन सभापति देउवालाई प्रस्ताव गरेका छन् । तर देउवाले पौडेलको प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ । देउवाले भात्रृ संगठनमा भागबन्डा गर्न नमानेपछि पौडेल समुहले सामानान्तर समिति बनाउने तयारी थालेको छ ।

‘भात्रृ संगठनमा सामानान्तर समिति बनाउनकै लागि पौडेल समुहले महामन्त्री शशांक कोइरालाको घरमा तरण दलको भेला बोलाएको हो’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ‘सभापति देउवा तयार नभए तरण दल, नेपाल बिद्यार्थी संघ सवैमा समानान्तर कमिटी बन्छ ।’

तरण दलको भेला सकिएपछि कोइरालाले नेविसंघको भेला बोलाउने तयारी गरेका छन् । सवै भात्रृ संगठनको भेला बोलाएर देउवालाई दवाव दिने रणनीति पौडेल पक्षले लिएको छ । पौडेल पक्षका जनबर्गीय संगठनका नेताहरु पनि सक्रिय बनेका छन् । उता देउवा समुहले सामानान्तर समिति गठन गरे कारवाही गर्ने चेतावनी दिएको छ । ‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्षका एक नेताले भने ‘सामानान्तर बनाउनुभन्दा पार्टी फुटाएर गए हुन्छ ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS