images
images

११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

भक्तपुर, ९ पुस । राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।

आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त लाई हलो र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएको छ । आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत पनि तोकेको छ । प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सात वटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको आयोगले न्यायिक प्रतिष्ठानमा कार्यरत कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS