images

‘चपली हाइट ३’ चार आनाको मसला’ स्वस्तिमा र सुपुष्पो बोल्ड ठुम्का (भिडियो सहित)

काठमाडौँ, २० माघ । आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ ।

प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् । डान्सिङ विटको गीतको अडियो र भिडियो दुवै राम्रो छ । भिडियोमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । निर्माण टिम यो गीतले चलचित्रको हाइप निर्माण गर्नेमा आशावादी छ ।

‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के। खनालले निर्देशन गरेका थिए ।

अर्जुन कुमार फिल्मस्को एकल ब्यानरमा चलचित्र निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । यो चलचित्र बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।