ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

१२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या

१२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या

स्पेस संवाददाता

कैलाली, २५ फागुन । कैलालीमा एक वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका छन् ।

आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए । भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।