images
images

‘बालबालिकालाई वैकल्पिक सिकाइमा जोड्न अभिभावकलाई रेडियो र टेलिभिजन दिउँ’

काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिएका छन् ।

यस्तै, थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् ।

थापाले महामारीमा शिक्षक परिचालनका लागि विशेष प्याकेज ल्याउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई सुझाब दिएका हुन् । शिक्षामन्त्री पोखरेललाई पत्र लेख्दै थापाले शिक्षक र विद्यार्थी बीचको संवाद नै पठन पाठन शुरुवातको पहिलो विन्दु भएकाले दक्ष र उत्प्रेरित शिक्षकले मात्रै सिकाइ सहजीकरण प्रक्रियामा सार्थक योगदान गर्न सक्ने स्पष्ट पारेका छनन् ।

महामारीको यस समयमा शिक्षकहरु जोखिम मोलेर थप परिश्रम गर्नु पर्ने हुनाले कुनै प्रोत्साहन स्किम दिएर शिक्षकलाई वैकल्पिक सिकाइका लागि प्रेरित गर्नुपर्ने थापाको सुझाब छ ।

नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका शिक्षामन्त्री समेत रहेका थापाले शिक्षामन्त्री पोखरेललाई लेखेको पत्रमा भनेका छन्, ‘हाम्रा शिक्षकहरूको क्षमता अभिवृद्धि र अपरिहार्य स्रोत साधनमा लगानी गर्नु अत्यावश्यक हुन्छ । यसकालागि प्रत्येक शिक्षकलाई ल्यापटप लगायतका सामाग्रीको व्यवस्था गर्न निशुल्क वा साझेदारीमा विशेष स्किम ल्याउन सकिन्छ ।’

यस्तै, सामुदायिक विद्यालयमा कार्यरत निजी तथा स्थानीय स्रोतका शिक्षक कर्मचारीको तलब र पेसाको सुरक्षामा कोभिडले ल्याएको संकटको पनि समाधान गर्न शिक्षामन्त्रीलाई थापाले सुझाब दिएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS