ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

‘तिहारको मखमली’ सार्वजनिक

‘तिहारको मखमली’ सार्वजनिक

स्पेस संवाददाता

काठमाडौं । दशैं तिहार नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु सार्वजनिक हुन शुरु गरेका छन् । यसै मेसोमा जनक विवस न्यौपाने र सुशिला थापाको आवजमा रहेको दशैं तिहारको नयाँ गीत ’तिहारको मखमली’ सार्वजनिक भएको छ ।

भर्खरै जनक विवस न्यौपाने अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा जनक विवस न्यौपानेको आफ्नै संगीत र पूर्णमान विश्वकर्माको शब्द रचना रहेको छ । यसैगरी गीतमा जनक विवस न्यौपाने र सुशिला थापाको आवाज रहेको छ ।

विशेषगरी विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको कथामा आधारित यो मार्मिक तथा लोक परम्परागत गीत नेपाली मौलिक लोक संस्कृति झल्काउने किसिमको रहेको छ ।

लामो समयसम्म फैलिएको कोराना भाइरसको महामारी कारणले गर्दा नेपाल फर्कन नसकेका प्रवासी नेपालीहरुमा रहेको व्यथामा आधारित गीतको म्युजिक भिडियोमा कलाकारहरुः देवराज आचार्य, अमृता गौतम, अभि वाग्ले, सपना थापा मगर आदिको अभिनय देख्न पाइन्छ ।

युट्युवमा अपलोड हुनसाथ गीतको चर्चा र भ्यूओर्स बढिरहेको छ ।