images

ललितपुर महानगरपालिका भित्र दुईपाङ्ग्रे विद्युतिय सवारी साधन बाट पनि गस्ती

साउन ५ काठमाडौं ।
ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले दुईपाङ्ग्रे विद्युतिय सवारी साधनबाट पनि गस्ती गर्ने भएका छन । महानगरपालिकाले तत्काल नगरवासीहरूको सहयोग गर्न, पार्किङ रेखदेख, साँघुरो बाटोमा छिटो छरितो पुग्न भन्दै पाँच ओटा दुईपाङ्ग्रे विद्युतिय सवारी साधन सञ्चालनमा ल्याइएको महानगरले बताएको छ ।
ललितपुर महानगर पालिकामा ७२ जना नगर प्रहरीहरू कार्यरत छन् । यस अघि पनि महानगर प्रहरीले विभिन्न दुई पाङ््ग्रे, चार पाङ्ग्रे सवारी साधनका माध्यम बाट नगरको सुरक्षा व्यवस्थापन, नगरवासीहरूलाई सहयोग लगाएत विभिन्न काम गर्दै आएका छन् । ललितपुर महानगर भित्रका साँघुरो बाटोमा पनि तत्काल पुगेर अझै प्रभावकारी काम गर्न सकिने भन्दै महानगरले दुई विद्युतिय पाङ्गे्र सवारी साधन सञ्चालनमा ल्याइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हासेलुले बताए ।  सवारी आवागमनमा बाधा पु¥याउने फुटपाथ पसल हटाउन, मापदण्ड विपरीत अनाधिकृत रुपमा निर्माण संरचना बनाउन नदिन, महानगरको सरसफाई लगाएत विविध हिसाबमा उपयोग गर्न भन्दै महानगरले पाँच ओटा विद्युतिय सवारी साधनको प्रयोगमा ल्याइएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यस्तो बेला महानगरले देशमा नै उत्पादन हुने विद्युत बाटै चल्ने सवारी साधन बाट गस्ती गर्ने सवारी साधन ल्याउँदा खुसि लागेको स्थानीयहरू बताउँछन् । आफ्नो नगरको काम चुस्त दुरुस्त बनाउन ललितपुर महानगरले गरेको काम लाई अन्य नगर र महानगर पालिकाहरूले पनि सिको गनुपर्ने देखिन्छ ।