ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

रहेनन् कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी

रहेनन् कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी

स्पेस संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका बाैद्धिक नेता एवं सांसद प्रदीप गिरीको निधन भएको छ । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ७५ बर्षीय गिरीको शनिबार राति ९:३६ बजे निधन भएको अस्पतालका सीईओ बिजय रिमालले पुष्टि गरे ।

विगत तीन साता देखि मेडिसिटीमा उपचार भइरहेको डा गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनलाई पुन समस्या देखिएपछि मेडिसिटी भर्ना गरिएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए ।