images

कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकतामाथि जोड

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गर्नुभयो । चलचित्र र म्युजिक भिडियोको महत्व समान रहेको बताउनु भयो । उहाँले गीत नभइ चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताउनु भयो ।

समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उहाँहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताउनु भयो । उहाँले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताउनु भयो ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्र कर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताउनु भयो । उहाँले प्रेमगीत ३ टिमले खर्च गरेअनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा प¥यौं भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताउनु भयो । उहाँले प्रेमगीत टिमले कुनै आग्रह बिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको बताउनु भयो ।

नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने तीन जना निर्देशकहरुलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो ।