ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

अन्ततः रविन्द्र मिश्र छिरे राप्रपामा

अन्ततः रविन्द्र मिश्र छिरे राप्रपामा

स्पेस संवाददाता

काठमाडौं, १२ असोज । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गर्नुभएको हो । राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ ।