images

योगेश भट्टराई ताप्लेजुङबाट फेरि लड्ने पक्का

काठमाडौं, २० असोज । नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट उम्मेदवार बनाउने भएको छ । पार्टी सचिव योगेश भट्टराईलाई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने अध्यक्ष केपी शर्मा ओलीले निर्णय गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

ताप्लेजुङबाट टिकटका एमालेमा योगेश भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । धेरैले यसपटक भट्टराईले टिकट नपाउने विश्लेषण गरेका थिए । माओवादीसँग एकता गरी नेकपा बनेका बेला भट्टराई ओलीको विरोधी रहेका कारण यसपटक उनले टिकट नपाउने केहीको विश्लेषण थियो । तर, ओलीले अर्का आकांक्षी मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएका हुन् । अब ताप्लेजुङको क मा तिलकुमार मेनेङ्बो र ख मा मणिशंकर पोमो उम्मेदवार बन्ने भएका छन् ।