images

यी हुन एमालेले सुपमा भिम रावललाई पाखा लगाएर अघि सारेका १५ उम्मेदवार

धनगढी, २० असोज । सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा नेकपा एमालेले आफ्ना उम्मेदवार चयन गरेको छ । एमालेका प्रभावशाली नेता भिम रावलको क्षेत्र रहेको सुदूरपश्चिममा यसपटक उनी पाखा लागेका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रतिनिधिसभातर्फ एमालेबाट बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनेका छन् । यस्तै अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा, २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि राना चयन भएका छन् ।

एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

नेकपा एमालेले नेता भीम रावललाई भने यसपटक टिकट नदिने देखिएको छ । पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उठेका रावल यसपटक एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार नबन्ने देखिएको छ । एमालेले उनलाई प्रदेश सभामा पठाउन सक्ने देखिए पनि भिम रावल स्वयम प्रदेश सभामा उम्मेदवार बन्न नसक्ने केहीले विश्लेषण गरेका छन् । रावलले यसविषयमा अहिलेसम्म केही बोलेका छैनन ।

रावल अछाम क्षेत्र नम्बर १ का लागि स्थानीय कमिटीबाट एकल सिफारिस भएका थिए । तर, अन्तिममा उनको ठाउँमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता झपट बोहोरालाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने भएको छ।

एमालेका सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीबाट प्रतिनिधिसभाका लागि उठ्ने उम्मेदवारहरु अब परिवर्तन नहुने बताएका छन् । उनले प्रदेश सभामा उठ्ने उम्मेदवारहरु भने केही हेरफेर गर्न सकिने बताएका छन् । एमालेले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।