images

जसपा बाहिरिएपछि मिल्यो सत्ता गठबन्धनमा सिट बाँडफाँड, यस्तो छ सहमति

काठमाडौँ, २१ असोज । लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाका लागि सिट भागवण्डा टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी सहमतिलाई अन्तिम रुप दिएको हो।

१६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुने बताइएको छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने कुराकानी भएको छ । लोसपाले भने १५ सिट माग गरेको छ।

गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ८ देखि १० सिट दिने गरी सहमति जुटेको एक नेताले दावी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो।

गठबन्धनले विवाद रहेका बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ। शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने भएको छ।