images

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २२ असोज । विश्व बैंकले चालू आर्थिक वर्ष सन् २०२२र२३ मा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीबाट थलिएको नेपाली अर्थतन्त्र त्यसको प्रभावबाट बाहिर निस्किएसँगै उक्त आर्थिक वृद्धिदर हुने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

राष्ट्र बैंकले ल्याएको मनिटरी पोलिसी र महामारी कालमा ल्याएको मनिटरी पोलिसीले नेपालको आर्थिक वृद्धिदरमा सहयोग पुर्‍याउने विश्व बैंकको आँकलन छ । यस्तै, कोभिड महामारीको प्रभाव सामान्य बनेसँगै सुरु भएको पर्यटन गतिविधिले समेत आर्थिक वृद्धिदरमा सहयोग पुर्‍याउने बैंकको प्रक्षेपण छ ।

यसैगरी, निरन्तर बढिरहेको डलरको भाउका कारण नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा सकारात्मक प्रभाव पर्ने बैंकले जनाएको छ । यसले नेपालमा धेरै विदेशी लगानी भित्रिने र यसको प्रभाव सिधा आर्थिक वृद्धिमा पर्ने बैंकको आँकलन छ ।