images

सप्तरी २ मा उपेन्द्र यादव र सिके राउत भिड्ने

काठमाडौँ । सप्तरी २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी परेको छ ।

उनीहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । उनीहरूले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए । राउतको यो पहिलो प्रतिस्पर्धा हुने छ ।

राउत गठबन्धनबिना नै चुनाव लड्दै छन् । यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।