images

सातौँ पटक चुनाव लड्न देउवाले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक निर्वाचनमा सहभागी हुन खोजेका हुन् । उनको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा‍. आरजू राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

देउवाको कार्य व्यस्तताले वारिसनामासहित प्रधानमन्त्री पत्नी राणा शनिबार बेलुका डडेल्धुरा पुगेकी थिइन् ।