images
images

डडेल्धुरामा एमालेले तोड्यो नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल

काठमाडौँ, २८ असोज । नेकपा (एमाले) जिल्ला कमिटी डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँग चुनावी तालमेल तोडेको छ।

शुक्रबार बसेको बैठकले कांग्रेस बिपीले सहमति उल्लंघन गरेको भन्दै तालमेल नहुने स्पष्ट पारेको हो।

बैठकपछि जारी विज्ञप्तिमा पार्टीको केन्द्रको निर्देशन अनुसार डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (बिपी) र प्रदेश सभा अन्तर्गत १ र २ दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले चुनावी तालमेल गरि निर्वाचनमा होमिने सहमति भएकोमा नेपाली कांग्रेस (बीपी) ले उक्त सहमति उल्लंन गरि प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता र विकास विरोधी शक्तिहरु लाई परास्त गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकताबद्ध भई शसक्त ढगले जानु पर्नेमा एकतर्फि ढंगले सम्झौता उल्लंघन गरेको कार्यप्रति असहमति जनाउँदै हाम्रो पार्टी नेकपा (एमाले) डडेल्धुराले यस जिल्लामा नेपाली कांग्रेस (बिपी) सँग गरिएको चुनावी तालमेल भंग गरि एकलरुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको व्यहोरा सम्पुर्ण पार्टी पंक्ति तथा आम जनसमुदायमा हार्दिकताका साथ अपिल गर्दछौँ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेले कांग्रेसबाट अलग्गिएर नेपाली कांग्रेस बिपीकाे वरिष्ठ उपाध्यक्ष बनेका कर्ण मल्ललाई सघाउ गर्ने केन्द्रमा सहमति गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS