images

साझा पार्टीको ‘भाइबर ग्रुप’ रवीन्द्र मिश्रले नाम परिवर्तन गरी गरे कब्जा

काठमाडौँ । रवीन्द्र मिश्र समूहले साझा पार्टीको ‘भाइबर ग्रुप’ कब्जा गरेको छ । बिहीबार बिहान साझा पार्टीको नाम परिवर्तन गरी ‘रवीन्द्र मिश्रको सचिवालय’ नाम बनाइएको छ ।

पहिले उक्त ग्रुपको नाम साझा पार्टी थियो । यसअघि मिश्र साझा पार्टीमा रहेसम्म साझा पार्टीको भाइबर ग्रुपबाट महत्वपूर्ण सार्वजनिक सूचनाहरू जानकारी गराइन्थ्यो । अहिले उक्त ग्रुपबाट मिश्रको चुनावी प्रचारप्रसारका कार्यक्रमहरू सार्वजनिक गर्न थालिएको छ ।

उनी अहिले राप्रपा पार्टीमा प्रवेश गरिसकेका छन् । काठमाडौँ १ बाट उनी उम्मेदवारी बनिसकेका छन् । अहिले सो ग्रुपबाट मिश्रले गर्ने गतिविधिका सूचनाहरू सार्वजनिक हुने गरेको छ ।

मिश्र पार्टीमा प्रवेश गर्नु अघिसम्म साझा पार्टीको भाइबर ग्रुपबाट सूचना दिने गरिन्थ्यो ।