images

हेटौंडामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट गम्भीर घाइते भएका छन् । बुधबार राति यो घटना भएको थियो ।

स्थानीय २८ वर्षीय अजित लामामाथी अज्ञात ब्यक्तिले चक्कु प्रहार गरेर भागेका थिए । घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।

लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।