ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

भक्तपुरमा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा विजयी

भक्तपुरमा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा विजयी

स्पेस संवाददाता

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापा विजयी भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए । बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।