images

एमालेका शिवाकोटीलाई हराउँदै दोलखामा माओवादी केन्द्रका कार्की विजयी

काठमाडौं, १९ मंसिर । काठमाडौं । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १६ मतले हराए।

माओवादीका कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन्। एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन्। कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन्। 

८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। ३४७९ मत बदर भएको थियो।