images

मोरक्को पहिलोपटक क्वार्टरफाइनलमा

काठमाडौँ । सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

स्पेनमाथि ऐतिहासिक जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो। मोरक्को ३६ वर्षपछि नकआउट चरणमा पुगेको थियो।

मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो।

मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार भने विफल भयो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको मोरक्को र स्पेनले दोस्रो हाफमा राम्रो मुभ बनाए पनि स्कोर गर्न सकेनन्।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।

मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो। समूह एफ को समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको मोरक्कोले समूह चरणमा क्रोएशियासँग गोलरहित बराबरी खेलेको थियो। बेल्जियमलाई २–० ले हराएको मोरक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराएको थियो।

सन् १९७० को विश्वकपमा पहिलो पटक सहभागी भएको मोरक्कोले दोस्रो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो। पहिलो सहभागितामा नै समूह चरणमा सीमित बनेको मोरक्को त्यसपछिका ३ संस्करणमा छनोट नै हुन सकेन। १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्कोले त्यसयता २०२२ मा पहिलो पटक नकआउट चरणमा छनोट भएको थियो।

१९६ मा नकआउट चरणबाट बाहिरिएपछि १९९० मा विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को त्यसयताका दुई सस्करणमा समूह चरणमै सिमित बन्दै आएको थियो। १९९४ र ९ मा समूह चरणबाटै बाहिरिएको मोरक्को त्यसयताका चार संस्करण छनोट चरण नै पार गर्न सकेन। २००२ देखि २०१४ सम्म विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को २०१८ मा समूह चरणमै सीमित बनेको थियो।