images
images

भक्तपुरमै नपाइने पत्रिकामा भक्तपुरको सूचना जारी गर्दै आयुक्तको कार्यालय

भक्तपुर, २१ पुस २०७९ ।उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका हुन् ।

जिल्ला आयुक्तको कार्यालय भक्तपुर बाट बुधवार प्रकाशित भएको सूचना हेर्न सबै पत्रिका पसल चहार्दा पनि पत्रिका पाउन नसकिएको भक्तपुर वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले लाई बताए । आफ्नो वडाका लागि निर्माण सम्बन्धी टेन्डर सूचनाबारेजनाकारी लिन खोज्दा पत्रिका नै नपाइएको उनले दुखेसो व्यक्त गरे । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले बुधवार उक्त पत्रिकामा पहिलो सूचना प्रकाशित गरेको भने होइन । उक्त पत्रिकामा बारम्बार सूचना प्रकाशित गरी लाखौँ भुक्तानी समेत गरेको एक कर्मचारीले बताएका छन् । उनले दिएको जानकारी अनुसार कुन पत्रिकामा सूचना प्रकाशन गर्न्मे भन्ने कार्यालय प्रमुख, प्रशासन र लेखाको तजबिजीमा निर्भर रहने गर्दछ ।

सूचना प्रकाशनमा जिल्ला आयुक्तको कार्यालय भक्तपुरको रोजाइमा पर्ने गरेको पत्रिकालागि भक्तपुरमा कोही वितरक नभएको र भक्तपुरका पत्रका पसलमा उक्त पत्रिका नपाइने पुस्तक तथा स्टेसनरी व्यवसायी महसंघ भक्तपुरका सचिव महेश बस्नेत बताउछन् । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भने सार्वजनिक खरिद ऐन अनुसार कार्यालयले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना छपाएको जिकिर गर्दै कुनै सेटिंगको कुरा नभएको बताएको छ । जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले राष्ट्रिय स्तरको दैनिकमा सूचना चहपाएको कहाँ अपैन्छ कहाँ पाइदैन त्यो सरोकारको विषय नभएको बताए ।

भक्तपुरमै ३ वटै दैनिक पत्रिका प्रकाशित हुने गर्दछन । पत्रिका पसलमा सजिलै पाइने पत्रिकामा सूचना नदिएर आफ्नो तजबिजी देखाउनु कमिसनको चक्कर भएको श्रोतको दावी छ । विज्ञापन एजेन्सीहरुको कमिसनको चक्करमा कर्मचारी पर्दा भक्तपुरबाट प्रकाशित हुने पत्रिकाले सूचना नपाउने गरेको प्रक्षेपण दैनिकका प्रकाशक विकल श्रेष्ठ बताउछन । उनले भक्तपुरका कार्यालयहरुले भक्तपुरबाट प्रकाशित हुने पत्रिकालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS