images

हेटौँडा उपमहानगरपालिकाले ७१ कर्मचारीलाई हटायो

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले ७१ कर्मचारीलाई हटाएको छ।

उपमहानगरपालिकाले आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारीलाई हटाएको प्रवक्ता सविन न्यौपाने जानकारी दिनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरी उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख हरिबहादुर महतको ठाडो तोकबाट जागिर खाएका चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारीलाइ हटाइएको हो ।