
काठमाण्डौं । शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ ।
आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अंकले बढेको छ ।
सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अंकले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अंकले बढेको छ ।
आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अंकले घटेको छ ।
आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।