images

अमेरिकाले राष्ट्रपति पौडेललाई दियो बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ ।

पौडेलले नयाँ राष्ट्रपतिका रुपमा आजबाट जिम्मेवारी सम्हाले भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनी गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।