images

आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्थाहरु खुल्न

काठमाडौं । उपत्यकामा आज सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताए ।

उनका अनुसार आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।