images

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौं । गत चैत ७ मा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

अभद्र व्यवहार मुद्दामा जनही ५ हजार धरौटी मागे पनि तिर्न अस्वीकार गरेपछि उनिहरुलाई जेल चलान गरिएको हो।

सोलुखुम्बुका उद्धव बस्नेत, बागलुङका सोम शर्मा र बझाङका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।