![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/02/stock-nepse-market.jpg?fit=810%2C550)
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको छ ।
लामो समयपछि शेयर बजार आज सोमवार बढेको हो ।
आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।
दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।