images

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउन कांग्रेसले समितिको बैठक बोलाएको हो । बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ । कांग्रेसमा मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रीमा जानेको नाम टुंगो लगाउन सकस परेको छ ।