images

भारतमा कालो पोसाक लगाएर लोकसभाभित्रै विपक्षी दलको प्रदर्शन

एजेन्सी । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ ।

सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ ।

सोमबारको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।

कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै राहुल गान्धी विरुद्ध अदालतले दुई वर्ष जेल सजायँ तोकेको थियो ।

उनी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए ।

भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार अदालतले सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको छ ।