images

आज साँझ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बेलुकीपख पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने महाशाखाको अनुमान छ।

यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको हुने सम्भावना छ।

हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।