images

प्रदेशको नामकरणविरुद्ध विराटनगरमा भएको प्रदर्शनमा ढुङ्गामुढा, प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौं । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै विराटनगरमा मंगलबार भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

मुख्यमन्त्री हिक्मत र्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।

विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउन्ड हवाईफायर भएको छ । प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।