images

सत्तागठबन्धन बैठक बिना निष्कर्ष सकियो, दिउँसो तीनबजे पुनः बस्ने 

काठमाडौं । सत्तागठबन्धन दलहरुको बालुवाटारमा बसेको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

मन्त्रालयको भागबण्डा र सरकारको न्युनतम साझा कार्यक्रमलाई टुंग्याउन बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । सकेसम्म मिलाएर आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी छलफल चलेको छ ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिएन ।

कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो ।