images

यूटुव, फेसबुक र टिकटकबाट हच्किन पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरुनै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आवश्यक नरहेको ओलीको भनाई थियो ।

बुधबार बुटवलमा आयोजित लुम्बिनी सामूदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल बे्रकिङ न्यूजको सम्भावना नरहेको तर्क गरे ।

अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिए ।

ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराए ।